काठमाडौं । कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन् । कम्तीमा ३० जना घाइते भएका छन्।
कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै दुर्घटना भएको हो । बस बाटोबाट २०० मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार मृतकहरूको सनाखत भइसकेको छेन् ।घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।
दुर्घटनाको थप विवरण आउँन बाँकी छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता