नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा एक शिक्षिकाविरुद्ध मुद्दा दायर गरेको छ ।

कास्कीको श्रीराम प्राथमिक विद्यालयकी शिक्षिका विन्दु गौतम शर्माले प्राथमिक तहको स्थायी नियुक्तिका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौं मुद्दा दायर गरेको हो ।

ADVERTISEMENT

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पोखरा महानगरपालिका - ८ मा सञ्चालित विद्यालयकी शिक्षिका शर्माको शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली भएकोले छानबिनको आग्रह गर्दै आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान गर्दा शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यूपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त लिएको पुष्टि भएको आयोगले जनाएको छ ।​​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *