काठमाडौं । राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान को प्रथम वार्षिकोत्सवको अवसरमा आज भृकुटी मण्डपमा अभियन्ता दुर्गा प्रसाईंले कार्यक्रम गरेका छन् । सो कार्यक्रममा बिभिन्न जिल्लाबाट मानिसहरु सहभागी हुन आएका थिए ।
राजधानीमा आयोजित सभामा मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसैबीच प्रसाईंको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ ।

















