काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको समूहले आज काठमाडौंमा कार्यक्रम गर्ने भएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक समूहले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनसहितका कार्यक्रम गर्न लागेको हो ।आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले समर्थन जनाएका छन् ।
प्रसाईको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह भने सहभागी नहुने हुनुभएकाे छ। प्रसाईले कार्यक्रम गर्नुअघि नै पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार चितवनतिर प्रस्थान गर्नुभएकाे थियाे ।
प्रसाईले काठमाडौंमा फागुन १ गते गर्ने विरोधसभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथिका रुपमा निम्तो दिएका थिए । तर, पूर्वराजा शाह कार्यक्रमअघि नै चितवनतिर लागेकाले प्रसाईको कार्यक्रममा आउने सम्भावना नरहेको स्रोतको भनाइ छ ।
पूर्वराजाका सम्वाद सचिव फणिराज पाठकका अनुसार ज्ञानेन्द्र र कोमल दुबैजना जिल्ला भ्रमणको सिलसिलामा चितवन जानुभएकाे हाे।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts