पञ्चकोटमा गण्डकी प्रदेश सरकारको ‘क्याबिनेट’ बैठक हुने

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बागलुङको प्रसिद्ध धार्मिक स्थल पञ्चकोटमा हुने भएको छ । माघ २९ गते सोमबार हुने मन्त्रिपरिषद्को बैठक पञ्चकोटमा हुने भएको हो ।

प्रदेश भित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलहरुको प्रर्वद्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजना अनुसार सोमवार पञ्चकोटमा बैठक बस्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो ।

ADVERTISEMENT

“पञ्चकोटको पर्यटन प्रर्वद्धनमा मद्दत पुगोस् भन्ने सरकारको अपेक्षा छ, अब प्रदेशका मुख्य–मुख्य ठाउँमा मन्त्रीपरिषद्को बैठक बस्नु पर्छ भन्ने लागेको छ, हामीहरुले सबै धार्मिक तथा पर्यटकीय ठाउँहरुको विकास, प्रचारप्रसार गर्नु छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो – “गण्डकी प्रदेशमा धार्मिक तथा पर्यटकीय गन्तव्य धेरै छन्, यिनीहरुलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउनका लागि पनि हामीहरु गम्भीर भएर लागेका छौँ ।”

पञ्चकोटमा फागुन ९ देखि २३ गतेसम्म ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ पनि हुँदैछ । मन्त्रीपरिषद्को बैठकले यो महायज्ञमा धेरैभन्दा धेरै भक्तजनहरु आउनका लागि महत्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री पाण्डे बताउनुहुन्छ । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को बैठक पोखराभन्दा बाहिर पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?