रूपन्देही । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले सञ्चालनको तयारी गरेको प्रांगारिक कृषि मेलालाई प्रभावकारी बनाउन वस्तुगत समितिसँग छलफल गरेको छ । संघले फागुन १० देखि १४ गतेसम्म बुटवलको प्रदर्शनीस्थल बुटवल मण्डपमा प्रांगारिक कृषि मेला गर्दैछ । मेला व्यवस्थित बनाउन संघमा गठित वस्तुगत समितिसँग छलफल गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताउनुभयो । संघमा २८ वस्तुगत समिति छन् ।
शुक्रबार आयोजित छलफलमा वस्तुगत समितिका सभापतिहरूले मेला व्यवस्थित र प्रभावकारी बनाउन कृषि उत्पादन, बजारीकरण, व्यावसायिक खेती प्रणाली, कृषिमा वैज्ञानिकीकरण, प्रविधिलगायतलाई विशेष ध्यान दिन सुझाव दिएका थिए । मेला प्रभावकारी र व्यवस्थित बनाउन वस्तुगत समितिको पूर्ण सहयोग रहने पनि उनीहरूले प्रतिबद्धता जनाएका थिए ।
संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले संघले २०६२ सालदेखि निरन्तररूपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको र केहीमात्रामा भए पनि कृषिमा व्यावसायिक विकास भएको दाबी गर्नुभयो । कृषिको व्यावसायिक विकास तथा कृषिमा आधारित औद्योगिक विकास अबको आवश्यकता भन्दै उहाँले कृषिमा व्यावसायिक विकासका लागि कृषिमा सम्भावनाको विकास, युवा आकर्षण, लगानी आकर्षण, प्रविधिलगायतलाई प्रथामिकता दिएर प्रांगारिक कृषि मेला आयोजना गरिएको बताउनुभयो ।
संघका कार्यसमिति सदस्य, वस्तुगत समिति समन्वय उपसमितिका संयोजक दीप आचार्यको सञ्चालनमा भएको कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यको पनि सहभागिता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts