
एकातिर मंगोल र चंगेज खानले सारा युरोपलाई आफ्नो कब्जामा लिने अभियान सुरु गरे अर्कातिर यसै समयमा माओरी जनसमुदायको गरिमामय स्वर्गीय आनन्दको स्थल न्युजिल्याण्ड बनिसकेको थियो । माओरीलाई अलिकति पनि शंका थिएन- यहाँ कसैको आँखा परेको छ भन्ने कुराको । यही निश्चित, निर्भीक र निर्भयी भएर रहेको मनोविज्ञान नै अर्को पक्षका विजय पाइलाका लागि सहयोगी बन्दछ । लगभग पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान शुभारम्भ गरेको पनि यसै मनोविज्ञानको जगबाट हो । उता बेलायतले आफ्नो देशलाई सूर्यास्तरहित बनाएको पनि यिनै मनोछिद्रक बिन्दुबाट हुन सक्छ ।
युरोप विस्तारको योजना अनुसार नै सन् १६४२ डचएक्स्फ्लोरल ट्यासम्यानले न्युजिल्याण्डको पहिलो जानकारी लिए र यसलाई आफ्नो कब्जामा पार्ने प्रयास गरे । माओरीको प्रतिवादका कारण यिनले भागेर ज्यान जोगाउनु पर्यो । जोगिएका डच एक्स्फ्लोरल ट्यासम्यानले युरोपियन सत्ताविस्तारका नायकसम्म न्युजिल्याण्डको वास्तविकता अवगत गराए । जनबस्ती शून्य प्रायः माओरीको दुई लाख हाराहारीको संख्यामात्र । विशाल भूपरिवेश पुगनपुग नेपालको दोब्बरजस्तो । प्राकृतिक हरियालीको मनमोहकस्थल, गाईभेडाको बाक्लो समाज । प्रशान्त महासागरको शान्त जलप्रवाह । यसको गर्भमा रहेका असङ्ख्य भिन्न प्रजातिका जीवहरू आकर्षक नृत्यआँगनका चौडा फाँट । तरेली परेको वन्य हरियालीको जीवन्त आकर्षणको परिचय दिइसकेपछि अन्य के चाहियो र ?
ईस्वीको १८८१ मा योजनाबद्घ रूपको आक्रमण न्युजिल्याण्डमा बेलायतको भयो । यस आक्रमणमा बेलायत दुई मनस्थिति-सके सजिलै जित्ने, मुस्किल अवस्था आएमा र जनधनको बढी क्षति हुने देखिएमा सम्झौता गरेर माओरीलाई किनारामा ल्याई बिस्तारै कब्जामा लिनेसम्मको रणनीति रहृयो ।
यसै वर्णनलाई आधार बनाएर तत्कालीन आधुनिकताका संकेतक बनिसकेको, आणविक शस्त्रास्त्र निर्मित भइसकेको, शक्तिविस्तारका चाहना पनि उत्कर्षमा पुगेको बेलायत अर्थात ब्रिटिश साम्राज्य यसतिर नलोभिने कुरै थिएन । परिणामस्वरूप ब्रिटिस साम्राज्यले यसलाई आफ्नो पार्ने दाउमा जेम्सकुक नाम गरेका व्यक्तिलाई वा व्यक्तिको नेतृत्वमा आक्रमणकारी प्रक्षेपण गर्यो । माओरीसँग यसपटक घमासान युद्घ भयो । एकातिरबाट प्राकृतिक हतियारको आड अर्कोतिर आधुनिक हतियारसमेतले सुसज्जित । तैपनि जेम्सकुकको केही लागेन । आफ्ना बँचेखुचेका सैनिक सहयोगी लिएर उनी बेलायत प्रस्थान गर्न विवश भए ।
यस पटकको संग्राम चाहिँ मानवीय क्षतिका रूपमा पनि निकै विनाशकारी रहृयो । माओरी समुदायका दिग्गज ठानिने अगुवा पनि मृत्युको सिकार भएकाले विजय पनि सुखद् नरही दुःखद् नै हुन पुग्यो । विजयी संसार लगभग पराजित जस्तो भएर विनाहर्ष बस्नु पर्यो भने पराजित जेम्सकुक चाहिँ क्षति ठूलै भए पनि विजयीजस्तो भएर फर्किए । न्युजिल्याण्डको वस्तुगत भौगोलिक खाकालाई मानसपटलमा मात्र नभएर चित्रांकन नै गरेर लगी पुनरागमनको जग दरो पारे ।
इस्वीको १८८१ मा योजनाबद्घ रूपको आक्रमण न्युजिल्याण्डमा बेलायतको भयो । यस आक्रमणमा बेलायत दुई मनस्थिति-सके सजिलै जित्ने, मुस्किल अवस्था आएमा र जनधनको बढी क्षति हुने देखिएमा सम्झौता गरेर माओरीलाई किनारामा ल्याई बिस्तारै कब्जामा लिनेसम्मको रणनीति रहृयो । परिणामतः परिस्थिति त्यस्तै बनेर माओरीका इनेगिनेका सबै नेता युद्घका मोहोरीमा समाप्त भए पनि युद्घको टुंगो नलागेपछि बेलायतीहरूले सोचेकै रणनीति अवलम्बन गरी बराबर सत्ता बाँडफाँडको सम्झौतामा युद्घविराम गरे । यससँगै बेलायती सेना, शासकलगायत जनतासमेतको उपस्थिति भएर नयाँ न्युजिल्याण्डका खाका कोरिन लागे ।
सम्झौताको पनि लामो समय लगभग सय वर्षसम्म नै न्युजिल्याण्ड आन्तरिक कलहको मैदानमा फस्यो । एकातिर भाषिक अभावका कारण बेलायतीहरूले माओरीलाई आन्तरिक समझदारीपूर्वक आफ्ना काबुमा लिन सकेनन् । अर्कातिर निरक्षर माओरीहरू आफ्नै बाहुबलको हठमा लागिरहे । समय बलवान् भएर जसअनुकूल हुन्छ आखिर पासा त्यतै पल्टिन्छ । माओरी हठ र आफ्ना बुझाइ क्षमताका अभावमा वाक्कदिक्क भइसकेको बेलायती सरकारलाई एक किसिमले न्युजिल्याण्ड भालुको कन्पटजस्तै भयो । छाडौं आफैंलाई खाने नछाडौं कति समयसम्म विनानियन्त्रण बसिरहने ?
यसैबीच अजिंगरको आहारा प्रकृतिले मिलाउँछ भनेझैँ युरोपतिर फैलिएको एउटा महामारी बेलायतमा अझ चर्को रूपमा थियो तर लामो समयको प्रयासपछि बेलायती जनताले पचाउन सक्ने शारीरिक क्षमताको विकास गरिसकेको पाइन्छ । तिनै बेलायती जनता न्युजिल्याण्ड आउँदा जहाँ गयो कर्मसँगै भनेझैँ त्यो रोग पनि आयो । पहिलोपटक आएको र पाच्यक्षमताको विकास कत्ति पनि नबनेका कारण माओरीहरूमा यो भयावह सङ्क्रामक भएर फैलियो । कैयौँ जोधाहा माओरीहरू यसको सिकार हुन पुगे । के खोज्छस् काना आँखाझैँ भयो यो स्थिति अंग्रेजहरूका लागि तैपनि स्थिति त्यति सहज रहेन ।
जमिन स्वामित्वका बारेमा सम्झौतामा सत्तासीन भएका अंग्रेजशासक र माओरीशासकका बीचमा लगभग चालीस वर्ष घमासान अन्तरद्वन्द्व चलिरहृयो । बीचबीचमा भुसको आगोझैँ युद्घका रूपमा विष्फोटित हुँदै ज्वालिइरहृयो । यस युद्घज्वालाका चपेटामा अंग्रेजको क्षति शून्य बराबर र माओरी जनक्षति चुलिँदै गयो । फलस्वरूप अंग्रेज समर्थक सङ्ख्या लगातारको वृद्घि र माओरी संख्याको कहालीलाग्दो न्यूनीकरण हामी पाउँन सक्छौं । तीसदेखि चालीस वर्षकै अवधिमा दुई लाखको माओरी आवादी बस्ती चालीस हजारको हाराहारीमा ओर्लनु यस जातिको वंशविनाशको नतिजा नै मान्नुपर्छ ।
परिवर्तित वातावरण अनुकूल स्वभाव बन्न वा बनाउन नसक्नाले संसारबाट नै डाइनोसर लोप भएझैँ न्युजिल्याण्डको माओरी जाति पनि कम हुँदैगएको देखा पर्दछ । अहिले पनि तीस प्रतिशत भन्दा माथिको जनबस्ती बेलायत न्युजिल्याण्डभन्दा बाहिरका देशको छ । यसमा पनि सबभन्दा बढी भारतका छन् । व्यापारी क्षेत्र होस् या उद्योगधन्दा, पशुपालन होस् वा न्यूनतम मात्रामा मात्र किन नहोस् कृषिक्षेत्र सबैतिर भारतीयहरूकै बोलवाला देखिन्छ ।
बाहिरी देशबाट गएका मानिसले आफ्ना देशका नागरिकता छाडेर त्यहाँकै नागरिक बन्ने होडबाजी त छँदै छ । यिनीहरूका बस्तीबिस्तार तीव्र रूपमा अगाडि बढिरहेको यस अवस्थासम्म पनि माओरी जनजातिको स्वभावमा परिवर्तनका संकेतसम्म देखापरेका छैनन् । आफू मिलनसार बनौं भन्ने सोच एकरत्ति पनि यिनका छैन ।
दोस्रोमा पाकिस्तानी र तेस्रोमा चिनियाँहरूको आधिक्य पाइन्छ भने फिलिपिनी, इन्डोनेसियन, अमेरिकन र नेपालीहरू आउँछन् । यी र यस्ता बाहिरबाट गएकाहरू कतिपयले आफ्ना देशबाट आफ्नै सम्पत्ति बेचबिखन गरेर लगी त्यहाँ घर बनाई आरामका जिन्दगी जिएका देख्न पाइन्छन् । यस्तामा चाइनिजको सङ्ख्या निकै मात्रामा रहेको छ । यतिसम्म कि उनीहरू न अंग्रेजी बुझ्छन्–बोल्छन्, न माओरी भाषाको उच्चारण सम्भव छ । मात्र संकेतका भरमा व्यवहार चलाएर पनि घर भाडामा लगाई आरामको जीवन जिएको पाइन्छ । फिलिपिनी, पाकिस्तानी, नेपाली र अधिकांश चिनियाँसमेत सामान्य घरायसी जागिर खाएर जेनतेन तर आरामले यस ठाउँमा जीवन चलाइरहेका छन् ।
प्रश्न माओरीको नै छ यहाँनेर पनि । बाहिरी देशबाट गएका मानिसले आफ्ना देशका नागरिकता छाडेर त्यहाँकै नागरिक बन्ने होडबाजी त छँदै छ । यिनीहरूका बस्तीबिस्तार तीव्र रूपमा अगाडि बढिरहेको यस अवस्थासम्म माओरी जनजातिको स्वभावमा परिवर्तनका संकेतसम्म देखापरेका छैनन् । आफू मिलनसार बनौं ? अहँ, एकरत्ति पनि यिनका सोच छैनन् । बाहिरबाट जाने व्यक्ति पनि यिनीहरूका आसपासमा जान नै चाहँदैनन् । काम गरौं, जीवन कर्मशील बनाऊँ, स्वास्थ्य तन्दुरुस्त राखौं माओरीमा यो मनोविज्ञान जन्मेको त छँदै छैन नै जन्मने संकेतसम्म पनि देखिँदैन ।
यही स्वभाव र यही अमिलनसारिता रहिरहेमा यो जाति लगभग निकट भविष्यमै डायनोसरको स्थितिमा नपुग्ला भन्न सकिँदैन । अरू यिनीहरूबाट सधैं भयभीत रहनु, यिनीहरूमा अन्यप्रति बेवास्ता अझ गहिरिँदै जानु मूल कारण नै हो । अझ अर्को बलवान कारण त यिनीहरू आफ्नोमात्र समूहमा झुण्डझुण्डमा मात्र रहन चाहनु, परिधि आफ्ना काबुमा राख्न चाहनु हो । यसबाट स्पष्ट देखिन्छ उनीहरू भयग्रस्त र अहंको मनोग्रन्थीले भरिएका छन् । अझ उनीहरूका बस्तीमा झुक्किएर अर्को कुनै जातजातिको व्यक्तिबाट त्रुटि कमीकमजोरी भयो भने ऊ जीवित रहँदैन । सरकारले प्राय उनीहरूलाई दण्डित गर्नसक्ने स्थितिको सिर्जना गर्न पनि सकेको छैन ।
यो हठ, यो असहिष्णुता, यो अरूप्रतिको दुराग्रह स्वयं माओरीका लागि हितकर छैन । बलको आधारमा बाँच्न चाहनु, अन्यमा भय उत्पन्न गराउने मानसिकतालाई गौरवको विषय ठान्नु र विजयी बिन्दु मान्नु माओरीका लागि लामो जीवन वा समुदाय विकास विस्तारका बाटाका तगारा हुन् । नियमको चुस्तता, अनुशासनको दुरुस्तता न्युल्यिाण्डमा यति हानिकारक छ-मनोउकुसमुकुसले आत्महत्या गर्नेको संख्या विश्वकै अन्य देशका तुलनामा न्युजिल्याण्डमा बढी छ तर यो खबर चुइँक्कसम्म पनि व्यक्तिका कानमा बाहेक सञ्चारमाध्यममा आउँदैन, आएको पाइँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच