काठमाडौं । नेपाली बजारमा किर्लोस्कर इञ्जिन आयल भित्रिएको छ । बुधबार एक कार्यक्रमबीच नेपालका लागि आधिकारिक बिक्रेता आदिशक्ति ग्लोबल ट्रेडर्सले उक्त इञ्जिन आयल भित्र्याएको हो । किर्लोस्कर आयल इञ्जिन्सद्वारा भारतमा उत्पादित किर्लोस्कर इञ्जिन आयल लन्चिङ समारोहमा कम्पनीका प्रतिनिधि तथा नेपाली व्यवसायीको सहभागिता थियो ।
सो अवसरमा किर्लोस्कर आयल इञ्जिन्सका रिटेल एण्ड डिस्ट्रिब्युसन हेड सुनिलकुमार साहुले इञ्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताउनुभयो । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इञ्जिन आयल र स्पेयर पार्ट्ससमेत उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । किर्लोस्कर आयल इञ्जिन्सका जोनल म्यानेजर चिन्मय नायक र नेसनल स्पेयर हेड अर्सित रतुरीले ग्राहकमा आत्मविश्वास जागृत गर्न र ढुक्कका साथ बिक्रीपछिको सेवा उपलब्ध गराउन आफूहरू तत्पर रहेको बताउनुभएको थियो ।
आदिशक्ति ट्रेड लिंकका डाइरेक्टर पुरुषोत्तम पौडेल र बिजनेस हेड खगेन्द्र श्रेष्ठले इञ्जिन आयल व्यवसायको लामो अनुभवका आधारमा विश्वकै गुणस्तरीय तथा कहलिएको ब्राण्ड भिœयाउन पाउँदा खुसी लागेको बताउनुभयो । कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का सल्लाहकार माधवप्रसाद पाण्डे र हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्रबहादुर कुँवरको उपस्थिति रहेको थियो । कम्पनीका अनुसार किर्लोस्कर ब्राण्डका इञ्जिन आयल, गियर आयल, इण्डष्ट्रियल आयल, हाइड्रोलिक आयल, ट्रान्समिसन आयल आदि नेपाली बजारमा उपलब्ध हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच