काठमाडौं । माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्र्याउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्ससँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली मुलुकबाट नेपालमा रेमिट्यान्स भिœयाउने योजना बनाएको छ । कम्पनीका डिरेक्टर अफ सेल्स किरण भट्टराईले भन्नुभयो, ‘हामीले विदेशबाट डिजिटल माध्यमबाटै नेपालका कुनै पनि बैंक खातामा रकम पठाउन मिल्ने सिस्टम बनाएका छौँ, युवा लक्षित गरी सुरक्षित र विश्वासिलो रेमिट्यान्स कम्पनी बन्ने हाम्रो पहिलो लक्ष्य हो ।’
माईपे मनि ट्रान्सफरमा पैसा पठाउँदा विभिन्न वालेटबाट पे आउट गर्न मिल्ने तथा १० हजारभन्दा बढी भौतिक एजेन्टबाट समेत रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । परम्परागतरूपमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई नयाँ आयाम दिँदै न्यूनतम् लागतमा रेमिट्यान्स पठाएर आफ्ना ग्राहकलाई अतिरिक्त लाभ महसुस गराउने कम्पनीको योजना रहेको भट्टराईको भनाइ छ । माईपे मनि ट्रान्सफरले लाइसेन्स पाएसँगै हालसम्म रेमिट्यान्स कारोबारका लागि ३७ वटा कम्पनीले इजाजतपत्र प्राप्त गरेका भए पनि हाल २१ कम्पनीमात्रै सञ्चालनमा रहेका छन् ।







Breaking news with related posts