काठमाडौं । कोशी प्रदेशअन्तर्गत सुनसरीको इटहरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले माघमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखा बेथरी, पडसरी, सिसहनिया, ओखरकोट, ठाकुरद्वार, बाँसगढी र सुलिचौरमार्फत् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषअन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको हो । हालको विषम परिस्थितिलाई मध्यनजर गदै स्थानीय जनप्रतिनिधिको उपस्थितिमा संस्थामा आबद्ध सदस्य तथा गैरसदस्यलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवासम्बन्धी ज्ञान, भविष्यका लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोग गर्ने तरिका, व्यवसाय व्यवस्थापन जस्ता विषय समेटेर कार्यक्रम सञ्चालन गरेको हो ।
जसबाट सहभागीमा वित्तीय क्षेत्रका विविध विषयमा ज्ञान हासिल भएको प्रतिक्रिया कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए । शाखाको कार्य क्षेत्रभित्रका करिब तीन सय ५० जनाको सहभागिता थियो । संस्थाले हाल दुई सय ८७ शाखामार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा