
काठमाडौं । जीवन बिमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशत बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ अर्ब ७१ करोड रुपैयाँ खुद प्रिमियम आम्दानी गरेको छ, गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ अर्ब ४० करोड थियो । त्यस्तै, कर्जा तथा लगानीबापतको आम्दानी गत वर्षको दोस्रो त्रैमासमा छ अर्ब ५४ करोड रहेकामा यस वर्षको सोही अवधिमा सात अर्ब ४८ करोड रहेको छ ।
दोस्रो त्रैमासमा कम्पनीको कुल बिमा शुल्क आम्दानी २० अर्ब रुपैयाँ रहेको छ भने नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सुधार भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४२ पैसा छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी नौ रुपैयाँ २३ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय २८ रुपैयाँ रहेको छ ।
समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बिमा क्षेत्रमा परेको प्रभावबीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षका रूपमा लिन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच