काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले बुधबारदेखि काठमाडौंको मण्डीखाटारस्थित गेट कलेजमा पब्लिक स्पिकिङ कम्पिटिसनका साथै पाटा युथ ट्यालेन्ट क्वेस्टको छैटौँ संस्करण सुरु गरेको छ ।
कार्यक्रममा युवा पर्यटन प्रोफेसनल वक्ताहरूले नेपालमा पर्यटन विकासका लागि दिगोपन, नवप्रवर्तन, उदीयमान प्रवृत्ति, चुनौती र अवसरलगायत विषयमा प्रस्तुति दिएका थिए ।
प्रतियोगितामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) की छात्रा मानभी सिंह ऐयर विजेता घोषित हुनुभएको छ भने ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट)की छात्रा श्रीनिधि शर्मा र इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) की छात्रा प्रभा राई क्रमशः प्रथम उपविजेता र द्वितीय उपविजेता बनेका छन् ।
पाटा नेपाल च्याप्टरले पाटा नेपाल स्टुडेन्टको सहकार्यमा विभिन्न प्रायोजक तथा सहयोगी संस्था बुद्ध एयर, हाइग्राउण्ड एडभेन्चर नेपाल, केजिएच ग्रुप अफ होटल्स एण्ड रिसोर्ट, कम्युनिटी होमस्टे नेटवर्कलगायत पाटामा आबद्ध शैक्षिक संस्था मिड-भ्याली, नाथम र गेट कलेजको सहयोग तथा समन्वयमा युथ ट्यालेन्ट क्वेस्ट आयोजना गरेको हो ।
आयोजकका अनुसार छैटौँ युथ ट्यालेन्ट क्वेस्टअन्तर्गतको अर्को कार्यक्रमअन्तर्गत बिहीबार टुरिजम तथा हस्पिटालिटी क्विज प्रतियोगिता हुनेछ भने भने फेब्रुअरी १० तारिखमा नाथम कलेजमा पाटा युवा टुरिजम प्रोफेसनल शेफ प्रतियोगिता र कन्टेन्ट राइटिङ प्रतियोगिता आयोजना हुनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts