नेकपा एमाले धादिङको नवौंअधिवेशनको बन्द सत्र फेरि स्थगित

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 8 mins

धादिङ । आज देखि शुरु हुने भनिएको नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र फेरि स्थगित भएको छ ।

आज नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले अधिवेशनको आन्तरिक तयारीको काम पूरा नभएको भन्दै एक सूचना जारी गरि अधिबेशन स्थगित भएको जनाएको हो । निवर्तमान अध्यक्ष एवम् अध्यक्षका आकांक्षी भूमि त्रिवाठी यहिँ अवस्थामा जसरी पनि निर्वाचन गराउने भन्ने र अर्का अध्यक्षका प्रत्यसी डा. रामकुमार अधिकारी पक्षले यहि अवस्थामा निर्वाचन गराउन नदिने विवादले यतिबेला एमाले धादिङको अधिवेशन अन्योलमा छ ।

कार्यकर्ता बीच मुठभेडको स्थितिसमेत देखिएपछि प्रदेश कमिटीले विज्ञप्ती निकालेर स्थगित गरेपछि जिल्ला अध्यक्ष र निर्वाचन मण्डलका अध्यक्ष भनिएका धर्मदत्त देवकोटाले सूचना निकालेर निर्वाचन गर्न खोजेपछि केन्द्रिय अध्यक्षले दुबै पक्षलाई काठमाडौं बोलाएर विवादका विषयमा बुझेका थिए ।

आईतबार बिहान ९ बजे देखि १२ बजे सम्म दुबैपक्षको कुरा सुनेका अध्यक्ष ओलीले विवाद समाधानका लागि संगठन विभागलाई जिम्मा दिनुभएकाे छ । विभागका तर्फबाट माधव ढुङ्गेल र भानुक्त ढकालले जिम्मेवारी पाउनुभएकाे छ ।

उनिहरुले जिल्लामा नै आएर यथार्थ बुझ्ने बताई रहँदा भूमि त्रिपाठी पक्षले मंगलबार बिहान १० बजे फेरि बदसत्रको आव्हान गरे । यसपछि देवकोटाले फेरि विज्ञप्ती निकाल्दै आन्तरिक तयारीको काम नसकिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म बन्दसत्र सुरु नहुने जनाएका छन् । ढुंगेलले अर्को सुचना नहुन्जेलका लागि अधिवेशन स्थगित भएको प्रेस विज्ञप्ती जारी गरेलगतै एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले बन्द सत्र स्थगित नभएको प्रेस विज्ञप्ती जारी गर्नुभएको थियो ।

२०८० माघ १९ गतेदेखि जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको बन्द सत्र सञ्चालन भइ रहेको अवस्थामा केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशन स्थगित भएको भनि सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको गम्भिर ध्यानाकर्षण भएको छ, त्रिपाठीद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ।

ADVERTISEMENT

आफ्नो गुटको हार निश्चित भए पछि नेकपा एमाले बागमती प्रदेश कमिटिको अध्यक्ष कैलाश ढुंगेलले धादिङमा आफ्नो गुट स्थापित गर्न जबरजस्ति अधिवेशन स्थगित गर्न खोजेका अध्यक्ष मंडलका अध्यक्ष धर्मदत्त देवकोटाले बताउनुभयो।

संगठनको लेटर प्याड बिना, न छाप न चलानी मनोमानि ढंगले विज्ञप्ती लेख्दै सिंगो संगठनलाई आफ्नो निजि स्वार्थको निम्ति प्रयोग भयो’ उहाँले भन्नुभयो।

यता बागमती प्रदेश कैलाश ढुंगेलद्वारा विज्ञप्तीमा बन्दसत्र सुरु हुनुपूर्व १९ गते साँझ करिव ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेजहरु, कतिपय नीतिगत निर्णयहरु बन्दसत्र संचालनका लागि आवश्यक अध्यक्ष मण्डललगायत विभिन्न समितिहरुमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरुका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागिहरुबाट छलफलको माग राखेका तर जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुग्यो र जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्कासमेत भएको उल्लेख गरिएको छ ।

त्यस्तै, माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आकमक र आतंकित परिस्थिति देखा परेको यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको, जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गिकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको, बन्दसत्रमा प्रवेश गर्नु अगाडी प्रतिनिधि निक्यौल गर्ने विषयमा समेत अन्योलता कायम रहेको अवस्था देखिएको, पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारु गर्ने प्रयास गर्दा सम्भव नभएको र झन् अशान्त, असहज परिस्थिति देखा परेकाले यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पार्टी अध्यक्ष भुमी त्रिपाठीले औपचारिक रुपले बन्दसत्रमा अध्यक्ष मण्डलको अध्यक्षमा धर्मभक्त देवकोटाको नाम घोषणा भएलगत्तै नेता खेम लोहनी पक्षका नेता कार्यकर्ताले बोलिरहेको माइक समेत थुतेर हुलदंगा गरेका थिए। १९ गते उद्घाटन सत्र सम्पन्न भएपछि साँझ पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिलाई अन्तिम रुप दिने र अध्यक्ष मण्डलको गठन गर्ने एजेन्डा पारित गरेको थियो । जिल्ला कमिटीको बैठकले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा सहइन्चार्जद्वय जानुका सिंखडा र रेशम लामा, प्रदेश कमिटीका सदस्यद्वय धन बहादुर घले र ध्रुव विश्वकर्मालाई सदस्यको जिम्मेवारी दिने निर्णय भएको थियो ।

अध्यक्ष मण्डलको अध्यक्षमा प्रदेश इन्चार्ज गुरु बराल रहनुपर्छ भन्ने दावीका साथ सिन्धुली जिल्ला इन्चार्ज खेम लोहनी र बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले बैठक सकिएपछि विवाद सिर्जना गरेका थिए । विवादपछि रातभर बसेको द्वीपक्षीय वार्ता निष्कर्षविहिन बनेको थियो । जिल्ला अध्यक्षले प्रदेशबाट आमन्त्रित नेताहरुलाई अतिथिको रुपमा तटस्थ अभिभावकीय भुमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?