काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ६, उमागाउँस्थित शक्तिपीठमध्ये प्रसिद्ध देवी श्री पञ्चकन्या देवीको परापूर्वकालदेखि नै श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गर्ने चलन रहिआएको छ । उक्त ऐतिहासिक धार्मिकस्थल ढुंगाको चट्टानमा लेप्सिएर रहेकी देवी, प्रसिद्ध शक्तिपीठ पञ्चकन्या देवी मन्दिरमा पूजा आराधना गर्नाले देवीले साक्षात् दर्शन दिने, पारिवारिक तथा व्यक्तिगत मनोकांक्षा पूर्ण हुने, मनमा शान्तिका साथै ऊर्र्जा शक्ति प्राप्त हुने भक्तजनको विश्वास रहिआएको छ ।
पञ्चकन्या देवी स्थाननजिकै सन्दुक आकारमा चारपाटे ढुंगा रहेको छ, जुन ढुंगालाई हातले बजाउँदा मादलको जस्तो ध्वनि श्रवण गर्न सकिन्छ । सोही ढुंगाको भित्तापट्टि ब्रहृमलिपिमा केही अक्षर कुँदिएका छन् । जुन अक्षर पढ्न हालसम्म कोही पनि सफल भएका छैनन् । पुरातन समयमा गाउँलेलाई कुनै घरायसी अवसरका लागि भाँडा आवश्यक हुँदा त्यहाँ गएर भक्तिपूर्वक आराधना गरेमा भाँडा उत्पन्न हुन्थ्यो, जसलाई प्रयोग गरेर पुनः शुद्ध पारी सोही स्थानमा फिर्ता गरिदिने गरेको किंबदन्ती विभिन्न पौराणिक कथामा उल्लेखित छन् । सो स्थानबाट मध्यरातमा आगोको मुस्लो निस्किएर दहचोकको इन्द्रस्थानमा गएर विलुप्त हुन्थ्यो भन्ने किंबदन्ती पनि पाइन्छ । यस्तो महिमामय पवित्र भूमिको प्रचारप्रसारका लागि स्थानीय समुदायको चाहनाअनुरूप श्री पञ्चकन्या देवी सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।
उक्त मन्दिर संरक्षण र संवद्र्धनका निम्ति नागार्जुन नगरपालिकाले पनि सहयोग गर्दै आएको छ । उक्त पवित्रस्थलको प्रचारप्रसारका लागि माघ २६ गतेदेखि फागुन ४ गतेसम्म सप्ताह ज्ञान महायज्ञको पनि आयोजना गर्न लागिएको स्थानीयवासी÷पञ्चकन्या देवीका भक्त सन्तोष गिरीले जानकारी दिनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts