अरुण चौधरीसहित तीनै जनालाई थप तीन दिन हिरासतमै राख्न अदालतको अनुमति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बासँबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सीजी ग्रुपका व्यवसायी अरुणकुमार चौधरीसहित तीनजनालाई थप तीन दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ।

सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना भएको आरोपमा प्रहरीले चौधरीसहित तीन जनालाई माघ १८ गते पक्राउ गरेको थियो । उनीहरुले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकराी जग्गा हडपेको आरोप लागेको छ ।

ADVERTISEMENT

त्यसक्रममा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो ।

थप अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले फेरि अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *