काठमाडौं । नेपाल डेरी एसोसिएसनले खेलाडीको खाना डाइटमा अनियार्वरूपमा दूध, दुग्धजन्य परिकार समावेश गर्न माग गरेको छ । एसोसिएसनले खेलकुदमन्त्री, सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव, प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद समितिका अध्यक्षका साथै सबै स्थानीय तहका शिक्षा तथा खेलकुद शाखाका प्रमुखहरूलाई सो सम्बन्धमा ध्यानाकर्षण गराएको छ । दूध एक पूर्ण पौष्टिक आहारका साथै बालकदेखि वृद्धसम्म सबै उमेर समूहका लागि अत्यन्तै पौष्टिक तत्वले भरिएको पदार्थ भएकाले सबै खेलाडीलाई अनिवार्यरूपमा उनीहरूको खानामा दूध तथा दुग्ध पदार्थ पनि समावेश गर्न एसोसिएसनले आग्रह गरेको हो ।
यस वर्ष दुग्ध क्षेत्रमा कहिल्यै नभोगेको, नसुनेको ठूलो समस्या भोग्नुपरेको भन्दै एसोसिएसनले विगत वर्षमा फागुनदेखि डेरी क्षेत्रमा सिजन सुरु हुने गरेकोमा यस वर्ष भने फागुनदेखि नै बजारमा दूध तथा दुग्ध पदार्थको माग अत्यन्तै कम हुँदै गएकाले दूध तथा दुग्धजन्य पदार्थ खपत हुुन नसकेको जनाएको छ । उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, शहरबाट मानिस विस्थापितलगायतका कारण रहेको एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहालले बताउनुभएको छ ।
त्यसैगरी दूधको मूल्य बढ्दा भारतभन्दा केही महँगो भएर भारतीय सीमाबाट यता दूध तथा दुग्ध पदार्थ आयात पनि अर्को कारण रहेको उहाँले बताउनुभयो । खपत घटेका कारण मिल्क होलिडे रोक्न डेरी उद्योगले किसानको दूध निरन्तर खरिद गरी पाउडर दूध बनाएर राख्नुपर्ने बाध्यता रहेको र पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरी उद्योगमा बटर र धुलो दूध गरी पाँच अर्ब बराबरको स्टक भएर धेरै डेरी उद्योगले किसानको भुक्तानी समयमै दिन नसकिरहेको दाहालको भनाइ छ ।
समयमा भुक्तानी नपाउँदा किसानको दैनिक जीवन अस्तव्यस्त हुनुका साथै गाईभैँसीलाई नियमित दानापानीसमेत खुवाउन किसानलाई कठिन भएको छ । सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा आर्थिक समस्या भएको उहाँले बताउनुभयो ।
सहकारीलगायत अन्य संघसंस्थाको साधारणसभालगायतका अन्य कार्यक्रममा आउने अतिथिलाई मायाको चिनो दिँदा पनि दूध तथा दुग्ध पदार्थ घिउ, पनिर, गुदपाक, पुष्टकारी, छुर्पी, खुवा आदि नै प्रयोग गरी आमकिसान र उद्योगलाई सहयोग पु¥याउन एसोसिएसनले आग्रह गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts