जुम्ला । जुम्लाको पातारासी गाउँपालिका स्थित लुम नदी माथि पक्की पुल निर्माण हुने भएको छ ।
यसअधि यहाँका स्थानीयवासी सो नदीमा बनेको काठेपुलबाट आवतजावत गर्ने गरेका थिए ।
कर्णाली प्रदेशको अर्थ मन्त्रालयबाट ७ करोड १९ लाखको आर्थिक लागतमा पक्की पुल निर्माणको काम अगाडि बढेको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।
प्रदेश सरकारसँगको लामो हारगुहार पछि सो ठाउँमा पक्की पुल निर्माण हुने भएको छ । गाउँपालिका अध्यक्ष बोहोराले भन्नुभयो,“पहिले काठको पुल रहेको ठाउँमा पक्की पुल बन्ने भएपछि स्थानीयवासीलाई निकै राहत पुग्ने भएको छ । ” उक्त काठको पुलबाट सवारी साधन समेत चल्ने गरेका थियो । काठेपुल पटक पटक भत्किने गरेकाले आवतजावत गर्न तथा सवारी साधनदेखि पालिकाका नागरिकलाई असहज हुने गरेको गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ ।
अब उक्त स्थानमा पक्की पुल निर्माण भएमा सहजहुने पातारासी गाउँपालिका – १ का स्थानीय मुनबहादुर एडीले बताउनु यभो । पक्की पुल निर्माण पश्चात गाउँपालिका दर्जनौ गाउँबस्तीहरु सडकको पहुँचमा पुग्ने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच