नवलपरासी । पश्चिम नवलपरासीमा गएराती अज्ञात समूहले सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेको छ ।
बर्दघाट नगरपालिका–१६ निवासी ६५ वर्षीय सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो । उनको देब्रे पाखुरामा गोली लागेको छ । सुनचाँदी लुट्ने उद्देश्यले गोली प्रहार भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
प्रहरीका अनुसार गोली प्रहारबाट घाइते विश्वकर्माकोभैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर छ ।
सुस्ता गाउँपालिका–१ बरुवामा सुनचाँदी पसल बन्द गरि घर फर्कने क्रममा विश्वकर्मामाथि बर्दघाट नगरपालिका–१६ केराबारीनजिकै गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता