एक हजार दुई सय मिर्गौला प्रत्यारोपण सफल

रासस
रासस
Read Time = 2 mins

भक्तपुर । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले ११ वर्ष अवधिमा एक हजार दुई सय वटा सफल मिर्गौला प्रत्यारोपण गरी इतिहास रच्न सफल भएको छ ।

बिहीबार ३९ वर्षीय श्रीमान्‌ले उहाँकै ३४ वर्षीया श्रीमतीले दिएको मिर्गौलादानसँगै प्रत्यारोपणमा एक हजार दुई सय वटा पुर्‍याउन सफल भएको केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो तथा मिर्गौला प्रत्यारोपणविद् डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको अङ्ग प्रत्यारोपणमा ८० प्रतिशत हिस्सा ओगट्दै आएको केन्द्रले आफ्नो स्थापनाको ११ वर्षमा एक हजार दुई सय वटा मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण गरेको छ । प्रत्यारोपणमा केन्द्रले ९९ प्रतिशत सफलता हासिल गर्दै आएको छ । केन्द्रले २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोण सम्पन्न गरेको छ । आगामी साता थप दुई जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी पूरा गरेका छौँ ।”

ADVERTISEMENT

नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *