नारायणगढ–मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो ।

आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिन०का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताउनुभयो ।

ADVERTISEMENT

सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिएभने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *