
काठमाडौं । भारतले अन्तरिम बजेट ल्याएको छ । भारतमा चुनावी वर्ष भएकाले अन्तरिम बजेट ल्याइएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत सरकारले बिहीबार बजेट प्रस्तुत गर्दै नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्याएको छ । वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपाललाई सात सय करोड भारु अर्थात् ११ अर्ब २० करोड रुपैयाँ छुट्याएको हो ।
नेपाललाई दिने सहयोग अघिल्लो वर्षको तुलनामा ८० करोड रुपैयाँ बढाइएको छ । उक्त आर्थिक सहायता ऋणमा नभएर अनुदान (ग्रान्ट) मा रहने बताइएको छ । अघिल्लो वित्त वर्ष २०२३-०२४ का लागि नेपालका लागि भारतले छ सय ५० करोड भारु अर्थात् १० अर्ब ४० करोड छुट्याएको थियो ।
वित्त वर्ष २०२४/०२५ का लागि ४७.६६ लाख करोड अनुमानित बजेट ल्याएको भारत सरकारले विदेश नीतिका लागि अनुदान र ऋण सहायता शीर्षकमा ८६ अर्ब ३२ करोड २० लाख भारु छुट्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच