काठमाडौं । माछापुछ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्लास्थित आधारभूत विद्यालय सिवाई बेल्हा र माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थीलाई विद्यालय पोशाकअनुसारको स्वीटर वितरण गरेको हो ।
त्यसैगरी बैंकले मधेश प्रदेशको सिरहास्थित जनता आधारभूत विद्यालय मिर्चैयाका विद्यार्थीलाई पनि न्यानो स्वीटर प्रदान गरेको छ । बैंकले विद्यालयसँगको समन्वयमा ती विद्यालयमा अध्ययनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन सय १० थान स्वीटर वितरण गरेको जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता