काठमाडौं । डिजिटल वालेट आइएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्डअन्तर्गत फिनटेक समूहमध्येबाट आइएमई पे कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो ।
आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले अवार्डलाई फिनटेक क्षेत्रमा नवप्रवर्तन, नेतृत्वदायी जनशक्ति व्यवस्थापन, सहज ग्राहक सेवा, वित्तीय समावेशिता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धताप्रतिको सम्मानका रूपमा लिएको बताउनुभयो । कर्पोरेट क्लब नेपालले नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता