काठमाडौं । माइतिघरमा लगाएको निषेधाज्ञा खारेजीको माग गर्दै फरक शैलीकाे आन्दोलन देखिएकाे छ ।
लामो समयदेखि माइतीघरमा भएका फरक फरक मुद्दा र शैलीका आन्दोलन र अभियानहरु समेटेर “ फिव ख्व्य १७.२ (क)(ख)” माइतीघर मा भएका आन्दोलनका फोटो प्रदर्शन Protest Photo Exhibition गरिएको छ ।
सत्तारुढ नेपाली कांग्रेनिकट विद्यार्थी संगठन नेविसंघले दबाबमूलक कार्यक्रमको आयोजना गरेको छ । जहाँ सरकारलाई माइतीघर चिनाउने प्रयत्नस्वरूप आन्दोलनका तस्बिर प्रदर्शन गरिएकाे छ ।
माईतीघरको निषेधित क्षेत्र नजिकै उक्त कार्यक्रम गरिएको हो











