काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कोष प्रवद्र्धनमा रहेको एनआइबिएल म्युचुअल फण्डअन्तर्गत एनआइबिएल स्टेबल फण्ड बन्दमुखी योजनाको एक अर्ब बराबरको १० करोड इकाई प्रतिइकाई अंकित मूल्य १० रुपैयाँका दरले माघ २ गतेदेखि निष्कासन तथा बिक्री खुला भएको छ ।
उक्त निष्कासनमा शुक्रबारसम्ममा ३५ हजार तीन सय ३५ आवेदकबाट सात करोड ८५ लाख ८१ हजार पाँच सय २० इकाई खरिदका लागि आवेदन प्राप्त भएकोमा तीन हजार आठ सय ५७ जना आवेदनमार्फत् सेयर खरिदका लागि माग भएका एक करोड ३० लाख ६० लाख ८ आठ सय ७० इकाई रद्द भएका छन् । उक्त निष्कासन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्मका लागि खुला गरिएकोमा सो अवधिमा मागबमोजिम आवेदन प्राप्त नभएकाले माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements