काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।
सभापति रवि लामिछाने र अर्का उपसभापति डोलप्रसाद अर्यालसमेत भारत जाने भएपछि उपसभापति वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मवारी दिइएको हो ।
सभापति लामिछानेसहितको टोली भारतमा रहेका प्रवासी नेपालीहरूसँग अन्तरक्रिया गर्न आज त्यसतर्फ जाँदैछ । सभापति लामिछानेसहितको टोली आइतबार नेपाल फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
यसअघि सभापतिको अनुपस्थितमा अर्का उपसभापति डिपी अर्यालले कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। यसपटक भने सभापतिसँगै उपसभापति अर्याल पनि भारत भ्रमणमा जाने भएकोले कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो।






