काठमाडाैं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक फल्स फ्रन्ट पेजको विमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर गर्नुभयो । उपप्रधानमन्त्री खड्काले नेताहरुको आफ्नै पत्रपत्रिका र सञ्चरमाध्यमहरु रहेको कुरा आएको भन्दै नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी र आफ्नै सञ्चारमाध्यम नरहेको बताउनु भयो । उहाँले आफू अझै नेता हुन बाँकी नै रहेको आभाष भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘किशोरजीले आफ्नो बोल्ने क्रममा एउटा टिप्पणी गर्नुभयो । त्यसले मलाई आफूलाई जोड्न मन लाग्यो । उहाँले भन्नुभयो, राजनीतिक नेताहरुका आफ्नै पत्रपत्रिका छन् । नेताहरु सामाजिक सञ्जालमा खुलेर दोहोरी गर्नुभएको छ । चलिरहेको छ भन्नेकुरासँग जोड्नुभयो । त्यो सन्दर्भमा किशोरजीको त्यो भनाइले म अझै नेता हुने ठाउँमा पुगिसकेको रहेनछु भन्नेकुरा बल्ल भयो । किनभने मेरो नेपालका कुनै मिडियामा एक पैसा लगानी छैन । सामाजिक सञ्जालमा म उहाँले भनेको जस्तो दोहोरी गर्ने, आक्षेपको राजनीति गर्ने, टकरावको राजनीति गर्ने अहिलेसम्म त्यतापट्टि पुगेको छैन । त्यसैले मैले नेता हुन अझै बाँकी रहेछ भन्ने लाग्यो ।’
उपप्रधानमन्त्री खड्काले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शिर्ष नेताहरुको बैठकमा ९९.९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबी गर्नुभयो ।
-न्युज एजेन्सी नेपाल








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts