काठमाडौ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली नेपाल प्रहरीको फरार सूचीमा रहेको करिब ९ महिना नाघ्यो । जनताले अमूल्य मत दिएर निर्वाचित भएका नेपालीले औकात त्यतीबेला देखाए, जब उनी बचतकर्ताको डेढ अर्ब बढ रकम ‘कुम्ल्याएर’ बेपत्ता भए ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापकसमेत रहेका ढोरपाटनका मेयर नेपाली बचतकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना पारेर फरार भएका हुन् ।
उनीविरुद्ध नेपाल प्रहरीले रेक कर्नर नोटिस नै जारी गरेको छ। गत वैशाख ७ मा रकम अभाव भएको सूचना जारी गर्दै उनी फरार भएका थिए । त्यसयता पीडितहरू आन्दोलनमा छन् तर नेपाली हालसम्म पक्राउ पर्न सकेका छैनन् । यद्यपि उनीविरुद्ध रेड कर्नर नोटिस जारी भएपछि अब पक्राउ पर्न सक्ने आशा भने बचतकर्ताले देखाएका छन् ।
नेपालीका नाममा बैंक र सहकारीमा पनि २२ करोड रुपैयाँ ऋण पनि रहेको छ । पीडित १ हजार ५ सय ५० जनाले जिल्ला अदालतमा सहकारी ठगीमा जाहेरी दिएका छन् । जसमा उनीहरूको १ अर्ब ६० करोड रुपैयाँ हिनामिना भएको उल्लेख छ । मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परेका छन् ।
फरार नेपालीको जीवनशैली, हेलिकप्टरमा सयरदेखि दल बदल गरेर मेयरसम्म
दल फेरेर चुनाव जितेका नेपाली दोस्रो पटक यसरी बने मेयर
सामान्य कार्यक्रममा पनि पोखराबाट हेलिकोप्टर चार्टर गरेर पुग्ने नेपाली २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेर टिकट लिएका नेपाली चुनाव जित्न सफल भएका थिए ।
धनाड्य मेयरका रुपमा परिचित उनी ०७९ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट नै उम्मेदवार बनेर, चुनाव जित्न सफल भएका थिए ।
कुनैबेला घरको छतमा हेलिकप्टर ल्याण्ड गर्ने र नगरप्रमुख हुँदा पीएसओ लिएर हिँड्ने उनी हिले नेपाल प्रहरीको फरार सूचीमा रहेका छन् ।
आफ्नो पहिलो कार्यकालमा उनले ‘ढोरपाटनका मजदुरहरू काम नपाएर भोकै बस्ने अवस्था आए आफू एक्लैले ६ महिना पाल्ने घोषणा’ गरेका नेपाली अहिले मतदाताकै पैसा खाएर भागेका छन् ।
ढोरपाटन नगरपालिका मात्र नभई पोखरा र काठमाडौंमा रहेका आफ्ना व्यवसाय तथा भाडामा बस्ने सबैलाई भाडा छुट गरेको समेत उनले घोषणा समेत गरेका थिए । काठमाडौंको सुकेधारा, पोखराको पृथ्वीचोक, सृजनाचोक र रत्नचोकसहित १४ वटा वित्तीय र अन्य व्यावसायिक संघ संस्थाहरूले भाडामा लिएका आफ्ना घरको भाडा छुट गरी दिएको उनले आफे कार्यकालमा जनताको भाषणमा भन्दै आएका थिए ।
इमेज सहकारीकी सुनार पक्राउ
इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार ललितपुरको धोबीघाटबाट पक्राउ परेकी छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोल २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका – ३ धोबीघाटबाट पक्राउ गरेको हो ।
पूर्व राष्ट्रपतिबाट भएका थिए विभूषित
प्रहरीको फरार सूचीमा रहेका नेपाली तत्कालीन समयमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानीत समेत भएका थिए । उनी भण्डारीबाट सुप्रवल जनसेवा श्री तृतीय जस्तो राष्ट्रिय मानपदवीबाट नेपाली सम्मानित भएका थिए ।
बागलुङको बिकट क्षेत्रमा रहेर राजनीतिमार्फत जनताको सेवामा अहोरात्र खटिइरहेका उनलाई आफ्नो कार्यदक्षताका आधारमा पुरस्कृत गरिएका थियो । तर अहिले त्यही बिकट ठाउँका जनतालाई ठगेर वेपत्ता भएका छन्, उनै मेयर नेपाली







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता