झापा । सहरी विकास मन्त्री सीता गुरुङले सबै राजनीतिक दल विकास–निर्माणका काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
मेचीनगर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय आवास कम्पनीको काकडभिट्टामा रहेको ६० विगाह जमिन पालिका तथा सङ्घसंस्थालाई हस्तान्तरणबारे सरोकारवालसँग आज भएको छलफलमा सबै पार्टीले विकास निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
विकास–निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताउँदै मन्त्री गुरुङले मेचीनगर नगरपालिका क्षेत्रका राजनीतिक दलबीचमा हुने एकता, सहकार्य कोशी प्रदेशकै नमूना बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कर्मचारीहरुलाई निर्धक्क काम गर्न आग्रह गर्दै राजनीतिक दलबाट गर्नुपर्ने सहयोगमा कमी नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पालिकाका प्रमुख गोपाल बुढाथोकीले नगर क्षेत्रमा रहेको आवास कम्पनी मातहतको जग्गासम्बन्धी तथ्याङ्क सहितको फायल मन्त्री गुरुङलाई हस्तान्तरण गर्नुभयो । उहाँले चाँडोभन्दा चाँडो जग्गाको समस्या समाधानका निम्ति आग्रह पनि गर्नुभयो

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा