ढोरपाटनका मेयर नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौ । सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।

मेयर नेपालीलाई पक्राउ गर्न रेक कर्नर नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उनी बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका थिए । उनीमाथि इमेज सहकारीबाट डेढ अर्बभन्दा बढि बचत हिनामिना गरेको आरोप छ ।

ADVERTISEMENT

मेयर नेपाली गत वैशाखदेखि फरार छन् । केही समयअघि सामाजिक सञ्जालमार्फत सम्पत्ति सार्वजनिक गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए ।

उनले रकम फिर्ता गर्नका लागि आफूसँग भएको घरजग्गा विक्री गर्नुपर्ने भन्दै त्यसका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए ।

बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ताहरुमध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर मेयर नेपाली र श्रीमतीको नाममा रहेको उनले खुलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *