काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान गरेको छ । बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोशराज पोखरेललाई करिब १८ लाख बराबरका एक सय ९० थान चेकिङ बोर्ड हस्तान्तरण गर्नुभएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले गर्ने चेकिङ थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चेकिङ बोर्ड प्रदान गरिएको बताउनुभयो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोखरेलले कम्पनीले गरेको सहयोगका लागि धन्यवाद दिँदै सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्ने बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements