राष्ट्रिय सभा निर्वाचन : बालेन र हर्कले अहिलेसम्म गरेनन् मतदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र (बालेन) शाहले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान गर्नुभएको छैन । हेटौंडामा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मेयर बालेन शाह नजाने उहाँको सचिवालयले जानकारी दिएको छ ।

कार्यव्यस्तताको कारण देखाउँदै उहाँले मतदान बहिस्कार गर्नुभएको बुझिएको छ । बालेन नियमित वडाध्यक्षहरूसँग भेटघाटसहितका कार्यक्रममा व्यस्त हुनुहुन्छ । यता महानगरकै उपमेयर सुनिता डंगोल भने मतदान गर्न हेटौंडा जानुभएको छ ।

यसैगरी धरानका मेयर हर्क साम्पाङ पनि अहिलेसम्म मतदानस्थलमा पुग्नुभएको छैन । राष्ट्रियसभा चुनावअन्तर्गत कोशी प्रदेशको विराटनगरमा जारी मतदान अन्तिम चरणमा पुगेको छ । बिहान ९ बजेबाट सुरू मतदानमा धरानका मेयर साम्पाङ भने अहिलेसम्म मतदानस्थलमा पुग्नुभएको छैन । उहाँ अहिले वडाको एक कार्यक्रममा सहभागी हुनुहुन्छ ।

ADVERTISEMENT

यता उपमेयर आइन्द्रविक्रम वेघा भने मतदानका लागि विराटनगर जानुभएको छ ।

बालेन र हर्क गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट पालिका प्रमुखमा निर्वाचित हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज