सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील छ : गृहमन्त्री

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

मंगलवार सशस्त्र प्रहरी बलको २३ औं दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानव अधिकारको उच्च सम्मान, लैंगिक हिंसामा शुन्य सहनशिलता र जनमैत्री सुरक्षा निकाय अहिलेको अपरिहार्य मान्यताप्रति मन्त्रालय दृढ रहेको बताउनु भयो । उहाँले गृह मन्त्रालय मातहतका सुरक्षा निकायको परिचालन, विशेषज्ञता, व्यवसायिकता तथा आवश्यकताका आधारमा गरिने नीति रहेको बताउनु भयो । उहाँले कार्यस्थलमा आफूलाई प्राप्त स्पष्ट जिम्मेवारी सम्पादन गर्दा राष्ट्र र जनताप्रति इमान्दार एवं कर्तव्यपरायण भएर उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘मानव अधिकारको उच्च सम्मान, लैंगिक हिंसामा शुन्य सहनशिलता र जनमैत्री सुरक्षा निकाय अहिलेको अपरिहार्य मान्यताप्रति मन्त्रालय दृढ छ । यसका लागि राजनीतिक हस्तक्षेपबाट सुरक्षा निकायलाई मुक्त गराइ व्यवसायिक अभिवृद्धिका लागि हामी संवेदनशील छाँै । गृह मन्त्रालय मातहतका सुरक्षा निकायको परिचालन, यी निकायका विशेषज्ञता, व्यवसायिकता तथा आवश्यकताका आधारमा गरिने नीति रहेको हुँदा कार्यस्थलमा आफूलाई प्राप्त स्पष्ट जिम्मेवारी सम्पादन गर्दा राष्ट्र र जनताप्रति इमान्दार एवं कर्तव्यपरायण भएर उच्च मनोबलका साथ कार्य गर्न सबैलाई निर्देशन गर्दछु ।’

उपप्रधानमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बलमा रहेको कल्याणकारी कोषलाई बहालवाला एवं अवकाश प्राप्त सक्कल दर्जा, वीरगति प्राप्त राष्ट्रसेवकका परिवारसमेतलाई लाभान्वित हुनेगरी थप नयाँ कार्ययोजनाका साथ अघि बढाउन निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?