सरकारले तोकेअनुसार तलब नपाउने निजी विद्यालयका शिक्षकलाई महानगरमा सम्पर्क गर्न बालेनको अनुरोध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारी स्केलअनुसार तलब नपाए महानगरमा सम्पर्क राख्न निजी शिक्षण संस्था तथा विद्यालयका शिक्षकहरूलाई आग्रह गर्नुभएको छ ।

महानगरपालिका क्षेत्रका संस्थागत (निजी) विद्यालयका शिक्षकहरुको तलब सामुदायिक (सरकारी) विद्यालयका शिक्षकहरुको भन्दा न्यून रहेको गुनासो आउने गरेको भन्दै बालेनले सरकारले तोकेको भन्दा कम तलबस्केल भए महानगरमा सम्पर्क राख्न अनुरोध गनुृभएको हो ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको बताउँदै बालेनले सरकारले तोकेको भन्दा कम तलब भए सम्पर्क राख्न भन्नुभएको हो ।

ADVERTISEMENT

मेयर शाहले भन्नुभएको छ, ‘सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ।’

उहाँले सामुदायिक विद्यालयका शिक्षक सरह तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज