काठमाडौं । दराजले ग्राहकलाई सहज, सरल र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यका साथ फ्री डेलिभरी फेस्टिभल नामक अफर ल्याएको छ छ । अफरअन्तर्गत ग्राहकले निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्मको मेगा डिल्स, एक हजारसम्मको मेगा भाउचर, एक हजारसम्मको प्रि-पेमेन्ट छुटका साथै अन्य थुप्रै अफर प्राप्त गर्न सक्नेछन् । अफरमा फेसन, लाइफस्टाइल, ब्युटीलगायत विभिन्न विधाका सामान खरिद गर्न सकिन्छ । नेपालका व्यवसायको ढुवानी शुल्क बढ्दा उपभोक्तालाई पनि अनलाइन किनमेल महँगो पर्न गएकाले दराजले यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।
फ्री डेलिभरी फेस्टिभलले खरिदकर्तालाई घरदेखि बजारसम्मको दोहोरो यात्रा गर्न नपर्ने र घरमै सामान आउने व्यवस्था गरेर अधिकतम् बचत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । कार्यक्रममा दराजले काठमाडौं र मूख्य शहरमात्र नभएर ग्रामीण क्षेत्रका सीमान्तकृत समुदायमा पनि सेवा विस्तार गर्न राष्ट्रव्यापी डेलिभरी सेवा प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार २०२३ को डिसेम्बरमा मात्र दराजका आधा ग्राहकले निःशुल्क डेलिभरी सेवाको लाभ लिएका थिए, जुन २०२३ जनवरीको तुलनामा पाँच सय प्रतिशत धेरै हो ।
दराजसँग आबद्ध बिक्रेताले निःशुल्क डेलिभरी सेवालाई एउटा औजारका रूपमा लिएर आफ्नो व्यापार व्यवसाय बढाउन पनि सक्छन् । दराजका प्रमुख परिचालन अधिकृत विमल अर्यालले भन्नुभयो, ‘हाम्रो प्लेटफर्ममा उपलब्ध विविध विधाका लाखौँ सामान ग्राहकलाई समयमै सुपथ मूल्यमा प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो । अहिलेको फ्री डेलिभरी फेस्टिभल पनि यही उद्देश्यको एक अंश हो, हामीसँग आबद्ध साझेदार, दक्ष जनशक्ति, नवीनतम् प्रविधि र कर्मचारीको कर्मनिष्ठताले गर्दा हामीलाई पूर्वमा काँकडभित्तादेखि पश्चिममा महेन्द्रनगरसम्म वितरण सञ्जाल विस्तार गर्ने हाम्रो यो उद्देश्य पूरा गर्न सजिलो हुन्छ ।’
२०२४ को पहिलो कार्यक्रम फ्री डेलिभरी फेस्टिभलमा बैंक कार्ड वा डिजिटल वालेटबाट अग्रिम भुक्तानी गरेमा विशेष छुटका साथै अन्य थुप्रै अफर प्राप्त गर्न सक्छन् । कम्पनीका अनुसार ग्राहकले डेबिटकार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गरेमा १५ प्रतिशत वा सात सय ५० रुपैयाँसम्मका साथै क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts