काठमाडौं । हिटाकर्मी लेखनाथ पोखरेल सम्मानित हुनुभएको छ । नेपाल डेरी एसोसिएसनले रजत जयन्ती तथा वार्षिक साधारणसभाको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान अर्पण गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले पोखरेललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
हिटाकर्मी पोखरेलले सञ्चारकर्मीका रूपमा नेपालको कृषि तथा दुग्ध क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै एसोसिएसनले उक्त सम्मान प्रदान गरेको हो । कार्यक्रममा दुग्ध क्षेत्रको प्रवद्र्धनका लागि आफ्नो क्षेत्रबाट योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्व तथा संघ संस्थालाई पनि सम्मान प्रदान गरिएको थियो ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघ उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादव, राष्ट्रिय दुग्ध विकास बोर्ड, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा.सूर्य पौडेल, पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाललगायतको उपस्थिति थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts