इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर, दुई छोरीले पाए सफाइ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।

तामाङमाथि आपराधिक लाभमार्फत् ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको थियो  ।

अदालतले तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ समेतलाई दोषी करार गरेको छ ।  विभागले उनकी पत्नी सिर्जनासँग एक अर्ब ३ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

ADVERTISEMENT

सहकारीको रकम आफ्ना विभिन्न कम्पनीमा लगानी गरेको र कम्पनीको नाफा अन्यत्र लगानी गरेको आरोपमा सिभिल सहकारीका तत्कालिन अध्यक्ष, उनकी पत्नी, छोरीहरु र नातेदार विरुद्ध मुद्दा दायर गरेको थियो ।

उनका दुई छोरीले भने सफाइ पाएका छन् ।

सिभिल सहकारी ठगी प्रकरणपछि सम्पत्ती शुद्धिकरण विभागले उनको सम्पत्ती छानबिन गरेको थियो। विभागले २०७९ भदौ १६ गते मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *