नेप्से परिसूचकमा २५ दशमलव ६३ अंकको गिरावट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३० दशमलव १८ अङ्कको विन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर एक लाख ६६ हजार नौ सय ८३ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ बराबरको कारोबार भएको छ । जलविद्युत् समुह शून्य दशमलव २० र अन्य समूह एक दशमलव ३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ६१ र वित्त समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ ।

ADVERTISEMENT

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिइिडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५६ करोड ७९ लाख १० हजार दुई सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ३६ हजार एक सय ५१ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?