काठमाडौं । युरोप, अमेरिका तथा इजरायलमा बढ्दो नेपाली केयर गिभरको मागलाई मध्यनजर गर्दै काठमाडौंमै अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम तथा प्रविधियुक्त एकेडेमी सञ्चालनमा आएको छ । एक दशकभन्दा बढी इजरायलमा केयर गिभरको काम गरेका अनुभवी प्रशिक्षकबाट अध्ययन अध्यापन गराउने गरी काठमाडौंमा ‘केयर गिभर एकेडेमिया’ सञ्चालनमा आएको हो ।
केयर गिभर एकेडेमियाले शनिबार एक समारोहबीच कक्षा सञ्चालनमा ल्याएको छ । कक्षा शुभारम्भअघि समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का महासचिव नवराज दाहाल, केयर गिभर एकेडेमियाका व्यवस्थापक हिरा लामा, विशेष अतिथि नारायण निरौला, वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका अध्यक्ष पासाङ दोर्जे लामा (विशाल), आइल्स प्रशिक्षक टे«नजेम्स, चाँदनी म्यानेजमेन्ट सर्भिसका सञ्चालक श्याम गुरुङले संयुक्तरूपमा ‘केयर गिभर एकेडेमिया’ उद्घाटन गर्नुभयोे ।
वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त एवं व्यावसायिक सीप तथा तालिम परिषद् (सिटिइभिटी)को सम्बन्धन प्राप्त केयर गिभर एकेडेमियाले डाइमेन्सिया केयर, पार्किन्सन केयर, अष्टिओप्रोसिस केयर, पालियाटिभ केयर, जेरियाट्रिक केयर, हस्पिक केयर, अटिजम केयर, चाइल्ड केयर, सामान्य केयरलगायतका कोर्स सञ्चालन गर्ने मुख्य प्रशिक्षक किरण लामाले बताउनुभयो ।
उहाँले प्रशिक्षार्थीलाई कार्यक्षेत्रमा बहन गर्नुपर्ने जिम्मेवारी र आइपर्ने चुनौतीबारे प्रशिक्षण दिनुभयो भने बिरामीलाई बेडबाट हिृवलचियरमा कसरी राख्ने भन्नेबारे प्रयोगात्मक ‘डेमो’ समेत देखाउनुभयो ।
हिबु्रलगायत विभिन्न भाषा प्रशिक्षक कमला भण्डारीले प्रशिक्षार्थीलाई आफूहरूले कार्यक्षेत्रमा भोगेका भोगाइ र अनुभव तथा भाषाका कारण उत्पन्न समस्याबारे जानकारी दिनुभयो । लामो समय केयर गिभर कार्य अनुभव लिनुभएकी कमला राईले कार्यक्षेत्रमा हुने चुनौतीबारे प्रशिक्षार्थीसँग अनुभव साट्नुभएको थियो ।
हाल युके, अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्युजिल्याण्ड, जर्मनी, डेनमार्क, जापान, इजरायल आदि मुलुकमा नेपाली केयर गिभरको माग बढ्दो छ भने त्यसतर्फ नेपालीहरूको आकर्षणसमेत बढ्दै गएको छ । केयर गिभर एकेडेमियाले ती देशको आवश्यकता र स्किल मेन्टेन गर्ने गरी कोर्स निर्माण गरेर अध्यापन गराइरहेको छ ।
केयर गिभर एकेडेमियाले केयर गिभरबारेको आमबुझाइ चिर्ने प्रयत्नसमेत गरेको छ । आमरूपमा केयर गिभरलाई नर्सिङसँग प्रत्यक्ष जोडेर हेर्ने गरिन्छ भने केयर गिभरको तालिम प्रदायक संस्थाहरूले हालसम्म नर्समार्फत् नै यससम्बन्धी तालिम तथा सीप प्रदान गरिरहेका छन् । तर, केयर गिभर एकेडेमियाले केयर गिभर र नर्सिङको आपसमा सम्बन्ध भए पनि यी दुवैलाई सँगै राखेर हेर्न नहुने दृष्टिकोण राखेर कार्यक्षेत्रमैत्री पाठ्यक्रम तयार पारेको छ ।
नर्सले चिकित्सकको सल्लाहबमोजिम बिरामीको हेरचाह गर्छन् भने केयर गिभरले त्यसबाहेकका सबै कामको जिम्मेवारी बहन गर्नुपर्ने भएका कारण यसलाई नर्सिङसँग राखेर हेर्न नहुने केयर गिभर एकेडेमियाको स्पष्ट धारणा छ ।
अहिले युरोप, अमेरिकालगायत आकर्षक गन्तव्य मुलुकले नेपाली केयर गिभर रुचाएका छन् भने सरकारले ती मुलुकसँग धमाधम श्रम समझदारी अघि बढाएको छ । केयर गिभर एकेडेमिया नेल्स एकेडेमियाको सहायक कम्पनी रहेको व्यवस्थापक हिरा लामाले जानकारी दिनुभयो ।







Thank you very much for beautiful coverage #Ehimalatimes @CaregiverAcademia