गोरखा । गोरखा बसपार्कबाट उकालो चढेपछि पहिला आउँछ रानीपोखरी ।रानी पोखरी बाट ढुँगा छापेको बाटो पूर्व लागेपछि पुगिन्छ ठूलो आँगन । त्यसैको दक्षिणतर्फ छ तल्ले दरबार ।
नेपाल एकीकरण सुरु भएको र पृथ्वीनारायण शाहको जन्म भएको यो स्थानको संग्रहालयले पनि उत्तिकै महत्व बोकेको छ। दरबार परिसरमै देखिने वास्तुकला तथा ऐतिहासिक एवं पुरातात्विक महत्वका सामग्रीहरू आफैंमा संग्रहालय जस्तो भए पनि संग्रहित गरिएका धेरै सामग्री तथा तस्बिरहरू संग्रहालयका अमूल्य निधि हुन्।

संग्रहालयमा पृथ्वीनारायाणलगायत अन्य राजाहरूसँग सम्बन्धित सामग्रीहरू संग्रहित छन्। गोरखादरबार संग्रहालयमा राष्ट्रिय संग्रहालयमा समेत नभएका पुराना राजाहरूले राज्य चलाउँदा प्रयोग गरेका सामग्रीहरू देख्न पाइन्छ।

शाहवंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायणसम्मका महत्वपूर्ण वस्तुहरू संग्रहालयमा छन्। नेपाल एकीकरण हुँदा प्रयोग भएका हातहतियारहरू संग्रहालयमा छन्। त्यहाँ पृथ्वीनारायण शाहको पालामा दैनिक प्रयोग भएका भाँडाकुँडा, मानापाथी तथा विभिन्न कलात्मक सामग्रीहरू पनि अवलोकन गर्न सकिन्छ। काष्ठकलाले भरिपूर्ण झ्याल, टुँडाल, कलात्मक बरन्डा संग्रहालयका आकर्षण हुन।














Video News Post
Breaking News with Advertisements
Breaking news with related posts