काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गर्नुभएको छ । शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो ।
सो अवसरमा विश्व बैंकको कन्ट्री पार्टनरसिप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६औँ विकास योजनाबीच कसरी तादात्म्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ । आयोग उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औँ योजना पूर्वाधार, सामाजिक क्षेत्रलगायत खासगरी उत्पादन र रोजगारीमा केन्द्रित हुने जानकारी दिनुभयो ।
विकासका लागि भएका संरचनात्मक समस्या पहिचान गरी समाधान गर्न १६औँ योजनाले विशेष ध्यान दिने उहाँको भनाइ थियो । विश्व बैंकलगायत विकास साझेदारहरूले नेपालका लागि गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यवादसमेत दिनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता