जसपाले भाग खोजेपछि योजना आयोगमा एक सदस्यको पद थप

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा एक सदस्यको पद थप गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश, २०७४ लाई संशोधन गर्दै ६ सदस्यबाट सात सदस्य बनाउने निर्णय गरेको हो ।

वि सं २०७४ सालमा सरकारले जारी गरेको राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेशमा एक महिला सहित बढीमा चार जना सदस्य रहने व्यवस्था रहेकोमा २०७५ साल वैशाख ४ गते सरकारले राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४को दफा ३ को उपदफा (२) को खण्ड (ग) लाई संशोधन गरेर एक महिला सहित बढीमा छ जना सदस्य रहने व्यवस्था गरेको थियो। अहिले फेरि एक जना सदस्य थप गरिएको छ।

अहिले सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेकाले आयोगको उपाध्यक्ष माओवादी केन्द्रका तर्फबाट डा. मीनबहादुर श्रेष्ठ हुनुहुन्छ ।

ADVERTISEMENT

त्यसैगरी, सदस्यमा माओवादीकातर्फबाट डा रामकुमार फुयाँल हुनुहुन्छ भने अन्य सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट डा प्रभु बुढाथोकी, डा आरपी बिच्छा र डा अनिता शाह ढुंगाना, एकीकृत समाजवादीका तर्फबाट डा रमेश पौडेल र जनमत पार्टीका तर्फबाट डा जयकान्त राउत रहनुभएको छ ।

स्रोतका अनुसार सरकारले राजनीतिक भागबण्डा सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले पनि आयोगको सदस्य पाउनुपर्ने माग राखे पछि सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय योजना आयोग गठन आदेश संशोधन गरेर योजना आयोगमा उपाध्यक्ष र एक महिला सहित सात सदस्य रहने व्यवस्था गरेको छ।

यो गठन आदेशपछि आयोगमा अहिले ६ सदस्य रहने व्यवस्थालाई संशोधन गरेर ७ पु-याउने निर्णय गरेको हो। आयोगको आवश्यकता भन्दा पनि भागबण्डाका लागि सदस्य थप गरिएको भनेर आलोचना भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *