विश्व प्रसिद्ध गढीमाई मंन्दिरमा एक लाख ५१ हजार दिप प्रज्वलन गरिने

सञ्जिवकुमार मिश्र बारा, संवाददाता

माघ ८ गते दिप प्रज्वलन कार्यक्रम गर्ने बारेमा जानकारी गराउँदै महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव ।

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । विश्व प्रसिद्ध गढीमाई मन्दिरमा एकलाख ५१ हजार दिप प्रज्वलन गरिने महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताउनुभएको छ ।

छिमेकी मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित भगवान श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको उपलक्ष्यमा महागढीमाई मन्दिरको प्राङ्गणमा एक लाख ५१ हजार दिप प्रज्वलन गरिने सर्वदलीय बैठबाट निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

भारतको अयोध्यामा भगवान श्री राम मन्दिरको प्राण प्रतिष्ठालाई मध्यनजर गर्दै माघ ८ गते सोमबारको दिन गढीमाई मन्दिर परिसरमा एक लाख ५१ हजार दिप प्रज्वल गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको मन्दिरको प्राण प्रतिष्ठा माघ ८ गते हुने भएको छ । उहाँले भन्नुभयो, ‘पाँच सय वर्ष पछि भगवान राम आफ्नो घरमा पाल्नु हुनेछ । हिन्दुहरुका मर्यादा पुरुषोत्तम भगवान श्रीरामको भव्य मन्दिरको प्राण प्रतिष्ठा हुने भएकोले महागढीमाई नगरपालिकाको सर्वदलिय बैठकलेसमेत सो दिन हर्षोउल्लासका साथ दिपावली पर्वको रुपमा मनाउने निर्णय गरेको छाैं ।’

ADVERTISEMENT

दिप प्रज्वलन तयारीको लागि विभिन्न समिति चयन गरी तयारीको काम अगाडि बढाइएको छ, उहाँले भन्नुभयो, ‘महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा दिप प्रज्वलन कार्यमा हुनेछ । दिप प्रज्वलनका दिन मर्यादापुरुषोत्तम राम र माता जानकीसहितको रथ यात्रा निकालिने छ । महागढीमाईको मंन्दिरमा रामसीताको दिपको आकृति चित्र बनाउने निर्णय भएको छ । महागढीमाई नगरपालिका-१ देखि मन्दिर सम्म बाटोको दुबै छेउमा दिप प्रज्वलन गरिनेछ ।' हिन्दु तथा सनातन धर्मको सबै भन्दा ठूलो दिन रहेकोले महागढीमाई नगरपालिका सबै वडाका स्थानीयहरु आ-आफ्नो घरमा सरसफाइ गरेर दिपावाली पर्व जस्तै दिप प्रज्वलन गर्नको लागि नगरप्रमुख यादवले आग्रह गर्नु भएको छ ।

सो दिन महागढीमाई नगरपालिका भरी मदिरा तथा मासु विक्री वितरणमा रोक लगाउने निर्णय गरिएको नगरप्रमुख यादवले बताउनुभयो ।

यसै गरि कलैया उपमहानगरपालिकालेसमेत माघ ८ गते कलैया उपमहानगरपालिका-१ स्थित रामजानकी मन्दिरमा दिप प्रज्वलन गर्ने भएको छ । उक्त दिन कलैया उपमहानगरपालिका भित्र समेत मदिरा तथा माछा, मासु विक्री वितरणमा रोक लगाइएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?