स्वीडामा जोर्डनको हवाई आक्रमण : ९ जनाको मृत्यु

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

जोर्डनका लडाकु विमानहरूले बिहीवार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा ९ जनाको मृत्यु भएको जनाइएको छ ।

दुई तले घरलाई लक्षित गरी भएको आक्रमणमा श्रीमान्-श्रीमती, उनीहरुका दुई साना छोरीसहित ६ जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

ADVERTISEMENT

एक जना वृद्ध महिला बेपत्ता रहेको बताइएको छ । सोही स्थानमा भएको अर्को आक्रमणमा एक पुरुष, उनकी आमा र काकीसहित अन्य तीन जनाको ज्यान गएको छ ।

जोर्डनले सक्रिय रूपमा सिरिया-जोर्डन सीमा क्षेत्रमा रहेको स्वीडामा लागुऔषध तस्करहरूलाई लक्षित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज