काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेस लिमिटेडले जारी पुँजी ३५ करोडको १० प्रतिशत अर्थात् सय अंकित दरका तीन लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । जसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रममा कैलाश हेलिकप्टरका प्रबन्ध सञ्चालक प्रतापजंग पाण्डे तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । तीन करोड ५० लाख सेयर पुँजी बराबरको सय अंकित दरका सेयर प्रचलित कानुनको अधीनमा रही सर्वसाधारणलाई प्रिमियम मूल्यमा जारी गर्ने कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts