काठमाडौं । विगतलाई अँगाल्दै, भविष्य कल्पना गर्दै भन्ने नाराका साथ सफ्टबेरिका कलेज अफ आइटी एण्ड इ-कमर्सले गत शुक्रबार ‘टेडएक्स सफ्टबेरिका २०२४’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सपना देख्ने र सपना पूरा गर्ने विभिन्न क्षेत्रका विज्ञहरू वक्ताका रूपमा उपस्थित थिए ।
हाइभलयका सह-संस्थापक प्रणयना केसीले महिला नेतृत्व, समानताको महत्व र वित्तीय क्षेत्रमा महिलाको भूमिकाबारे चर्चा गर्नुभएको थियो भने नेपाल टी कलेक्टिभका सह-संस्थापक अमिगो खड्काले केही फरक गर्ने सपना लिएर नेपाल फर्केको आफ्नो प्रेरणादायी यात्रा सुनाउनुभएको थियो ।
नबिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले स्वास्थ्य, धन, शक्ति र राम्रो गर्ने इच्छा सबै महत्वपूर्ण कुरा भएको तर अन्ततः जीवनमा साँच्चै के महत्वपूर्ण छ भनेर गम्भीर हुनुपर्ने बताउनुभएको थियो । भूकम्पपीडितलाई सहयोग गरेको तथा महिला सशक्तीकरणबारे हृदयस्पर्शी कथा कोक्रोमाकी संस्थापक तथा सामाजिक अभियन्ता रेवती गुरुङले सुनाउनुभएको थियो भने खल्ती डिजिटल वालेटका प्रमुख विनय खड्काले सबैलाई आफूमा विश्वास गर्न, विगतबाट पाठ सिक्न, वर्तमानमा आनन्द लिन र भविष्यका लागि तयार रहन सुझाव दिनुभएको थियो । कलेज प्रमुख प्रमोद पौडेलले प्रविधि र नवप्रवर्तनबारेमा छलफल जारी राख्न भविष्यमा पनि कलेजले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts