सामुहिक बलात्कार प्रकरण : आरोपीलाई थुनामा राख्न अदालतको अनुमती

निर्पेन्द्रबहादुर मल्ल
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 3 mins

मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिना अघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जना मध्ये ३ जना माथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको थियो । ती मध्य तीनजनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दुईजनालाई म्याद थपका लागि बुधबार अदालत पेस गरिने जानकारी दिनुभयो । घटनामा संलग्न रहेका चारजना आरोपी फरार रहेका छन ।

ADVERTISEMENT

छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी एक १४ वर्षिया बालिका माथि नगर प्रहरीका एक जवान सहित नौजनाले सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ।
बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारी सहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकाया छन ।

अन्य तीनजना बालक भएकाले उनीहरूको नाम खुलाइएको छैन । ती बालिकामाथि गत असोजमा बलात्कार भएको र बालिकाको गर्भमा भ्रुण हुर्कँदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ।

इन्स्पेक्टर बुढाथोकीका अनुसार सुरुमा बालिका आफ्नो पेटमा रहेको बच्चा फाल्न जिल्ला अस्पताल गएकी थिइन्। चिकित्सकले सोधखोज गर्दा उनले एक युवकको नाम लिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। सोही युवकले अन्य ६ जनासमेतले बलात्कार गरेको बताएपछि प्रहरीले चारजनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *