काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई ग्रुपअन्तर्गतको आइएमई इलेक्ट्रिकले डिलर्स मिट सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न डिलर मिटमा उपत्यकाका विभिन्न डिलरको सहभागिता थियो । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश मन्दी समापनको अवस्थामा पुगेको समयमा विश्वकै एक प्रतिष्ठित लुब्रिकेन्टसँग जोडिएर आइएमई ग्रुप नयाँ बाटोमा प्रवेश गरेको बताउनुभयो । आइएमई अटोमोबाइल डिभिजनका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले विगत २५ वर्षदेखि विभिन्न व्यवसायमा संलग्न आइएमई ग्रुप अब लुब्रिकेन्ट व्यवसायमा समेत प्रवेश गरेको बताउनुभयो ।
मोटुल इण्डिया प्रालिका सिइओ नागेन्द्र पाईले नेपालकै ठूलो र प्रतिष्ठित ग्रुपसँग जोडिएर रणनीतिक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भारत र अन्य देशमा प्रतिष्ठित रहेको मोटुल ब्राण्ड नेपालमा समेत प्रतिष्ठित बनाउन आवश्यक कार्य गर्ने बताउनुभयो । मोटुल इण्डियाका मार्केटिङ डाइरेक्टर प्रितम गोश्वामीले रियल सिन्थेटिक ब्राण्ड प्रयोग गर्ने पहिलो कम्पनी मोटुल भएको बताउँदै ‘युवाहरूको ब्राण्ड’ को पहिचान बनाएको मोटुलका विशेषताबारे चर्चा गर्नुभएको थियो भने आइएमई अटोमोबाइल डिभिजनका कार्यकारी निर्देशक निशान ढकालले डिलरसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता