काठमाडौं । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार संगठन(डब्लुटिओ) को महत्वपूर्ण पद ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । १२ जनवरी २०२४ मा बसेको जनरल काउन्सिलको बैठकले राजदूत सुवेदीलाई आगामी एकवर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो ।
बैठकले नेपालका राजदूतसहित विभिन्न समितिका लागि आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचनका लागि गरेको प्रस्तावमा डब्लुटिओका सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए । डब्लुटिओ अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय हो । तर, पछिल्ला छलफल तथा बहसहरू विकास र व्यापारमा केन्द्रित हुने गरेका छन् । विशेषगरी अतिकम विकसित मुलुक र विकासशील मुलुकका प्राथमिकता विकास र व्यापारमा केन्द्रित रहने गरेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts