
काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’को छायांकन सम्पन्न भएको छ । चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को छायांकन सकिएको हो । चलचित्रको छायांकन दुई चरणमा गरिएको थियो । पहिलो चरणको छायांकन भारतमा भएको थियो भने दोस्रो चरणको नवलपरासी, चितवनमा गरिएको हो ।
यसै चलचित्रमार्फत अभिनेत्री विपना थापा करिब १३ वर्षपछि अभिनयमा फर्किनुभएको छ । चलचित्रमा बिपनाको अलवा निता ढुंगाना, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, सरोज खनालको अभिनय छ । साउथ कलाकार प्रदीप रावतको समेत अभिनय चलचित्रमा रहेको छ ।
अभिनेत्री निता ढुंगानाको फिल्म कम्पनी निता ढुंगाना फिल्मस्को व्यानरमा निर्माण भएको ‘ह्रस्व दीर्घ’ हलसँगै ओटीटी प्लेटफर्ममा पनि सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच